गुरुवार, 27 अगस्त 2015

भैरहवामा निषेधाज्ञाको अवधि बढाइयो !

सलमान खान १० भदौ, भैरहवा । जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवधि थप चार दिनका लागि थपिएको छ । भैरहवाको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले निषेधाज्ञाको अवधि थपिएको हो ।
Bhairahawa-Banda-Photo-Salmजिल्ला प्रशसान कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी स्थितिलाई मध्यनजर गर्दै भैरहवा नगर क्षेत्रमा १३ सम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको छ । गत भदौ ३ गते भैरहवाको घटनापछि प्रशासनले भदौ ५ गतेदेखि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । सामाजिक सदभाव भड्कन नदिन, मानवीय एवं भौतिक क्षति हुन जदिन र शान्ति सुरक्षाको वातावरण कायम राख्नका लागि थप ४ दिनका लागि निषेधाज्ञा थपिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । ‘प्रशासनले जारी गरेको निषेधाज्ञा क्षेत्र भित्र कैसैले जबरजस्ती सभा, सम्मेलन, जुलुस गर्न खोज्यो भने त्यसलाई कानुन अनुसार कारवाही गरिने छ, यसमा प्रशासन पछाडि हट्दैन,’ पत्रकार सम्मेलनमा प्रजिअ ढकालले भने ।
 जिल्ला प्रशसान कार्यालय रुपन्देहीले नगर क्षेत्र केन्दि्रत पूर्वमा बसन्तपुर गाविस बाईपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थल नजिकको मायादेवी चोक, उत्तरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय भैरहवा र दक्षिणमा बेलहीया स्थित बाइपास सडकलाई निषेधित क्षेत्र तोकेको छ । स्थानीय प्रशासन ऐन अनुसार निषेधित क्षेत्रमा कुनैपनि संस्था, समूह एवं राजनैतिक दलहरुले जुलुस निकाल्न तथा सभा सम्मेलन गर्न पाईंदैन । पाँच जना भन्दा बढी सडक वा सार्वजनिक स्थल, पार्कमा सँगै हिँडडुल गर्न र जम्मा भएर बस्न पनि नपाइने ऐनमा उल्लेख छ ।  

कोई टिप्पणी नहीं: