गुरुवार, 8 अक्तूबर 2015

विश्वकै होचा चन्द्रबहादुरको अन्त्यष्टि गरियो !

निमुसंगम घर्ती २१ असोज, घोराही । एक महिना पहिले अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको जन्मस्थल सल्यानमा अन्त्यष्टि गरिएको छ ।
Chandra-Bdr-Dagiडाँगीकोसल्यान कालिमाटी ८ टाट्केघाटमा हिन्दू परम्पराअनुसार बुधबार अन्त्यष्टि गरिएको हो । करिब ६ महिना पहिले अमेरिकाको एक सर्कस कम्पनीमा प्रर्दशनीका लागि डाँगीलाई लगिएको थियो । निमोनियाबाट ग्रसित डाँगी बिरामी परेपछि त्यहीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । निधन भएको झण्डै एक महिना पछि डाँगीको शव नेपाल आएको थियो । काठमाडौमा ल्याएपछि सञ्चारमन्त्रि डा. मीनेन्द्र रिजालले डाँगीको पार्थीब शरिरमा नेपालको झण्डा ओढाएर सरकारका तर्फबाट सम्मान गरेका थिए।
मृत्यु भएको ३२ दिनपछि जन्मस्थलमा ल्याएर डाँगीको गाउँले र सुभचिन्तकहरुले अन्त्यष्टि गरेका छन् । डाँगीलाई हुर्काएकी भाउजुसहित महिला र अन्य पुरुषहरु अन्त्यष्टिका क्रममा घाट पुगेका थिए । डाँगीको पार्थीक शरिरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमसहितको पत्रकारको टोलीले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सल्यानमा जन्मिए पनि पछि दाङको पुरन्धारा गाबिसमा बस्दै आएका ७३ बर्षीय डाँगीले २०६८ सालमा गिनिजबुकमा बिश्वकै होचा व्यक्तिको रुपमा नाम लेखाएका थिए ।

कोई टिप्पणी नहीं: