गुरुवार, 8 अक्तूबर 2015

दिल्लीमा दूतको भीडभाड !

दिल्लीमा दूतको भीडभाडलोधी स्टेट–१४ स्थित कोसियारी निवासमा कहिले राजनीतिज्ञ त कहिले पत्रकार वा टीभी कार्यक्रम प्रस्तोताको भीड लागिरहन्छ। हिन्दुवादी शुभेच्छुक, भारतीय जनता पार्टीका कार्यकर्ता र उत्तराखण्ड राज्यका नयाँ वा पुराना प्रतिनिधि/पात्रहरू यहाँ आइरहेका हुन्छन्। यही लर्कोमा नेपालबाट दिल्ली दर्शनमा आएका नेताहरू शेरबहादुर देउवादेखि पुष्पकमल दाहालसम्म कोसियारी निवासमा पुग्ने गरेका छन्।
अहिले पार्टी पंक्ति र सत्ताका कुनै देखिने स्थानमा नरहे पनि नेपाल मामलामा पार्टीलाई ‘ब्रिफिङ’ गर्ने तहमा रहेका वरिष्ठ नेता भगतसिंह कोसियारी सधैंजसो व्यस्तताका माझ भेटिन्छन्। कुराकानीका समय लिएर उनीकहाँ पुग्दा दुई हातमा दुई मोबाइल लिएर कहिले यो त कहिले त्यो पालोमा फोन उठाइरहेका थिए, भगतसिंह। ‘एउटा फोन त नेपालकै लागि चाहिन्छ, तपाईंको देशका सबै दलका सबै नेताहरू फोन–परामर्शमै हुन्छन्— लेखराज भट्टदेखि विजय गच्छदारसम्म,’ कोसियारीले नेपाल–ब्रिफिङ सुरु गरिसकेका थिए, फेरि अर्को हातको मोबाइल बज्यो। ‘ढकालजी, बोलिए तो’ भन्ने संकेतपछि कोसियारी कुरो अगाडि बढ्यो ।
‘एउटा फोन त नेपालकै लागि चाहिन्छ, तपाईंको देशका सबै दलका सबै नेताहरू फोन–परामर्शमै हुन्छन्— लेखराज भट्टदेखि विजय गच्छदारसम्म,’ कोसियारीले नेपाल–ब्रिफिङ सुरु गरिसकेका थिए, फेरि अर्को हातको मोबाइल बज्यो।
फोनवार्ताबाट स्पष्टै बुझिन्थ्यो, यो उताबारेको रिपोर्टिङ हो। कुनै ढकाल थरका हिन्दुवादी, राजावादी र सन्त निराहारीको ‘कल’ थियो त्यो। ‘यता भारतीय विस्तारवाद मुर्दावाद भन्न थालेका छन्, प्रधानमन्त्री मोदीको पुत्ला पनि जलाउन थालेका छन्, स्थिति त्यति सजिलो छैन’, ढकालले एकै सासमा सुनाएको कुरो नटुङ्गिदै कोसियारीले जवाफ फर्काए— ‘जल्ने दो, होने दो ।’
फोनवार्तामा उताबाट एकोहोरो रिपोर्टिङ भइरह्यो, घटनाक्रमको। यताबाट सम्झाई–बुझाई भइरह्यो। लगत्तै अर्को फोन आयो— तीनदलीय बैठकको भर्खरैको निर्णय यहाँ (कुनै कष्ट नगरी) सुन्न पाइयो । फेरि प्रचण्डको मनोदशा, सुशील कोइरालाको मुड र मधेसी दलको ७ बुँदे मागपत्रबारे बहस सुन्न पाइयो।
अर्को दिन विजय जोली, सुधीन्द्र भदोरिया, डीपी त्रिपाठी, केसी त्यागी जोसँग संयोगले भेटिए पनि उनीहरूसँग जत्तिको ‘अन द स्पट रिपोर्टिङ’ (सूचना) एउटा पत्रकारसँग हुन नसक्दा लज्जाबोध हुन्थ्यो। बरु प्राध्यापक कमलमित्र चिन्नोई, एसडी मुनी भने ‘हार्ड न्युज’भन्दा पनि पृष्ठभूमिमा लुकेका आधारहरू जोडेर नेपाल–स्थितिमा समीक्षा सुनाइरहेका हुन्छन्। काठमाडौंको राजनीतिदेखि ससाना घटनाक्रमसम्म छिनभरमै दिल्ली मुकाममा आइपुग्छ— सन्देश बनेर। ‘मलाई सबै घटना थाहा छ, तपाईंको प्रश्न के हो— सिधै सोध्नुहोस्’, पृष्ठभूमि भनी नसक्दै जिज्ञासा पनि टुङ्गिएजस्तो हुन्छ।
कुनै ढकाल थरका हिन्दुवादी, राजावादी र सन्त निराहारीको ‘कल’ थियो त्यो। ‘यता भारतीय विस्तारवाद मुर्दावाद भन्न थालेका छन्, प्रधानमन्त्री मोदीको पुत्ला पनि जलाउन थालेका छन्’, ढकालले एकै सासमा सुनाएको कुरो नटुङ्गिदै कोसियारीले जवाफ फर्काए ‘जल्ने दो, होने दो ।’
दिल्ली मुकामबाट रिपोर्टिङ गरिरहेका बेला अर्को रमाइलो ताँत यहाँ देखिन्छ— दूतहरूको। राष्ट्रले खटाएको स्थायी दूत (राजदूत) बाहेक हरेक साताको अन्तर बिराएर दिल्ली उत्रने नेता, पत्रकार, उद्यमी, व्यवसायीहरूको छनक पनि बुझी नसक्नुको देखिन्छ। बाहिर ठूलो क्रान्तिकारी र राष्ट्रवादी छवि भएकाहरूसँग झन् धेरै दूत हुने रहेछन्। लवजमा अंग्रेजी–हिन्दी–नेपाली मिसाएर बोल्ने अभ्यास बनाएका एकजना कार्यकर्ता स्तरका नेता अघिल्लो साता दिल्ली उत्रिए र सगर्व सुनाए— ‘म आएको छु है, दूत बनेर।’ बरु आफ्नै कामधन्दामा दिल्ली आएर सुटुक्क घर फर्केका नेताहरू डा.शेखर कोइराला र योगेश भट्टराईले मात्रै ‘स्वघोषित दूत’ भनेर आफूलाई चिनाएनन्, नचाहिँदो चियोचर्चामा पनि उनीहरू मिसिएनन्।
कतिसम्म भने कुनै दूतहरू (मुडअनुसार) दिल्ली केन्द्रमा सहजै भेटिने साना दलका नेताहरू र कथित थिङ्क–ट्याङ्कका प्रतिनिधि बताउनेहरूसँग राजीव चोक आसपासमा भेटेर ‘सेल्फी’ खिच्छन्। साउथ–ब्लकको ढोकासम्म पुग्न सके भने हातमा फाइल बोकेको एउटा ‘सेल्फी’ पनि लिइहाल्छन्। झन्डै दुई सातादेखि नाकाबन्दीको मार बेहोर्दै आएको नेपालका लागि यो नाका खोल्ने/खोलाउने ‘जडी’को खोजी चौतर्फी रूपमा भइरहेका बेला बिभिन्न तहमा घोषित/अघोषित प्रयास नभइरहेको पनि होइन। तर यो कुनै दूत वा प्रतिनिधिले पकड राख्न नसक्ने ‘राजनीतिक मामला’ हो भन्ने ढिलो गरेर मात्रै पुष्टि भएको छ। यो गुढ कुरा अलिक पहिले थाहा पाएको भए अर्को एउटा चरणमा नेपालबाट ‘दूत बनेर’ उत्रिएका आपूर्ति मन्त्री सुनिलबहादुर थापाले विहारको चुनावमा व्यस्त रहेका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानलाई फोन गर्ने थिएनन् कि ? अथवा नेपालमा ठप्प रहेको आपूर्ति तथा पारवहन समस्याबारे मन्त्रीले ‘फोन–इन–ब्रिफिङ’ गरेको विषय नेपाली दूतावासको विज्ञप्ति बनेर नआउने थियो कि ?
लगत्तै अर्को फोन आयो— तीनदलीय बैठकको भर्खरैको निर्णय यहाँ (कुनै कष्ट नगरी) सुन्न पाइयो । फेरि प्रचण्डको मनोदशा, सुशील कोइरालाको मुड र मधेसी दलको ७ बुँदे मागपत्रबारे बहस सुन्न पाइयो।
दूतहरूको जतिसुकै लावालस्कर देखिए पनि स्थितिको बुझबुझारथ गर्ने तहमा राजदूत दीपकुमार उपाध्याय दिल्लीमा देखिएका छन् । नाकाबन्दीको ‘अघोषित प्रकरण’मा परेर जसरी काठमाडौंमा भारतीय राजदूत रणजित राय अप्ठ्यारोमा परेका छन्, उसैगरी दिल्लीमा राजदूत उपाध्याय सकस बेहोरिरहेका छन्। उपाध्यायले दिल्ली केन्द्रमा गृहमन्त्री, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारका तहमा नियमितजस्तै भेट–परामर्श गरेका छन्। मंगलबार बिहानमात्रै सुरक्षा सल्लाहकार अजित डोबलसँग फोनवार्ता गरेर अर्को चरणमा स्थिति ‘बुझबुझारथ’ गर्ने काम गरे। ‘अघोषित भनिएको नाकाबन्दीमा राजनीतिक वा आर्थिक जड कारणहरू गाँसिएका होलान्, तर त्योभन्दा अगाडि बढेर अहिले उब्जिएको असहज अवस्था ‘मानवीय संकट’को मुद्दा बन्न लागेको छ। त्यसमाथि दशैंतिहार चाडको मुखमा उब्जिएको यो संकटले पार्नसक्ने प्रभाव झनै गहिरो (नकारात्मक) हुनसक्छ’, राजदूतले सल्लाहकार डोबलसँग भएको कुराकानीबारे भने।
बाहिर ठूलो क्रान्तिकारी र राष्ट्रवादी छवि भएकाहरूसँग झन् धेरै दूत हुने रहेछन्। आफ्नै कामधन्दामा दिल्ली आएर सुटुक्क घर फर्केका नेताहरू डा.शेखर कोइराला र योगेश भट्टराईले मात्रै ‘स्वघोषित दूत’ भनेर आफूलाई चिनाएनन् ।
नेपालमाथि थोपरिएको अघोषित नाकाबन्दीको अस्त्र इतिहासकै सबैभन्दा ‘घातक’ रहेको टिप्पणी आइरहेका बेला भारतीय मूलधारका मिडियाहरू भने यी सबै घटनाक्रममा ‘बेखबर’झैं देखिन्छन्। यहाँका मुख्य अखबार, टेलिभिजन कतै पनि दुई सातादेखि नेपालमाथि लगाइएको नाकाबन्दीबारे कुनै खबर छैन। लाग्छ— भारतीय मिडियासामु यो घोर संकटको सूचना पुगेकै छैन। अर्कोतिर काठमाडौंमा पनि परराष्ट्र–स्रोतका हवालामा सूचनाको पहुँचबाट निकै बाहिर उभिँदै ‘अरे’को खबर छाप्नेमा मूलधारकै मिडिया पनि देखिएका छन् । अचम्मलाग्दो यो छ कि एकातिर सूचना पुगेकै छैन, अर्कोतिर सूचना भएको भन्दा निकै बढी छ— स्वैरकाल्पनिक ।
कान्तिपुर, २०७२ आश्विन २० ।

कोई टिप्पणी नहीं: