गुरुवार, 8 अक्तूबर 2015

दशैंमा खसीको मासुको मूल्य किलोको ८ सय भन्दा बढी हुने!

२१ असोज, काठमाडौं । यसवर्ष दशैंमा खसीको मासुको मूूल्य प्रतिकिलो ८ सय रुपैयाँ भन्दा बढी हुने भएको छ ।
तराईमा जारी बन्द र भारतीय नाकाबन्दीका कारण एक महिनाको बीचमा खसीको प्रतिकिलो ५० रुपैयाँले बढेको माछामासु ब्यवसायी संघ काठमाडौंका महासचिव शिबरत्न शाहीले बताए ।
khasi-2अहिले नै ८ सय प्रतिकिलोउनका अनुसार एक महिना अघिसम्म ७ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भईरहेको मासु अहिले ८ सय रुपैयाँमा पुगेको छ । ‘मासुको मूल्य क्रमश बढ्दो छ । बजारमा माग अनुसार खसीबोका पनि पाइएको छैन ।
त्यही कारण मासुको मूल्य दशैंसम्म यो भन्दा घट्ने स्थिति छैन । महासचिव शाहीले भने, ‘दशैंमा माग चुलिँदा त्यसुअनुसार आपूर्ति भएन भने कसरी मुल्य घट्ला ?’
दशैंमा माग कति ?उनले काठमाडौंमा समान्य अवस्थमा दैनिक १ हजार खसीबोका खपत हुने बताए । दशैंमा त्यो संख्या झण्डै दोब्बर हुने ब्यबसायी बताउँछन् । ‘पसलबाटै समान्य अवस्थामा एक हजारभन्दा बढी खसीबोकाको मासु खपत हुन्छ । दशैंमा पसलका लागि नै सरदरमा दैनिक १६ सय भन्दा बढी खसीबोका चाहिन्छ,’ शाहीले थपे । संघसंग दशैंमा खुला रुपमा कति खसीबोका ज्युदै सर्वसाधरणले किन्छन् भन्ने तथ्याङ्क पनि छैन । दशैंमा झण्डै ५० हजार खसीबोकाको माग हुने शाहीले बताए ।


तराई बन्द र नाकाबन्दीको असरतर, भारतबाट खसीबोका नआएको र तराइ क्षेत्रबाट पनि काठमाडौं ल्याउन नसकिएको कारण बजारमा माग अनुसारको खसीबोका खपत हुन सकेको छैन । त्यसैले गाउँ घरबाटै खसी महंगो मुल्यमा बेचिने भएकाले यसवर्ष दर्शैमा सर्वसाधरण उपभोक्ताले महंगोमा किन्नुपर्नेमा अवस्था आउने छ । बजारका ३० प्रतिशत माग काठमाडौं आसपासका क्षेत्रबाट आउने खसीबोकाले धान्ने शाहीले बताए । ‘तराइ र भारतबाट खसीबोका आउने सम्भावना कम हुँदै गएकाले दशैंका लागि माग अनुसार काठमाडौंमा खसीबोका पाईएला जस्तो छैन ।’ उनले सुनाए, ‘खसीको मासुको मूल्य यति नै हुन्छ भनेर आपूर्तिको अवस्था हेरेर मात्र भन्न सकिन्छ । खाद्य संस्थानले पनि केही खसीबोका ल्याएपछि मुल्य सार्वजनिक गर्छ । अनि त्यसपछि हामी पनि मूल्यबारे तोकेर भन्न सक्ने अवस्थामा पुग्छौं ।’ खाद्य संस्थानले भने झण्डै १५ सय खसीबोका ल्याएर बिक्री सुरु हुनुभन्दा अघिल्लो दिनमात्रै मुल्य तोक्ने जनाएको छ । संस्थानले यसवर्ष हेटौंडामा मात्रै खसीबोका संकलन गर्दैछ ।
कुखुराले राहत दिनेयसवर्ष दशैंमा कुखुराको मासु भने सुलभ मूल्यमै किन्न पाइने भएको छ । दशैंमा कुखुराको मासु र अण्डाको मूलय भने खासै नबढ्ने स्थिति छ ।
कुखुरा उत्पादनमा नेपाल आत्मनिर्भर रहेको र तराईका क्षेत्रमा बन्दका कारण मासु कुखुराको खपत नभएकाले काठमाडौंमा दशैंमा मासुको मूल्य नबढ्ने राष्ट्रिय कुखुरा बिक्री ब्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए ।
अहिले बजारमा कुखुरकाके मासुको मूल्य ३ सय रुपैयाँ छ । तराई बन्द पछि काठमाडौंमा कुखुरा बढी आएकाले प्रतिकिलो मूल्य २० रुपैयाँले घटेको छ ।

कोई टिप्पणी नहीं: