शुक्रवार, 9 अक्तूबर 2015

दसैंअघि निजीले पनि इन्धन पाउने, बाइकलाई ५ र गाडीलाई १० लिटर लिइने !

२२ असोज, काठमाडौं । नेपाल आयल निगमले दसैंलाई लक्ष्य गरी निजी सवारी साधनलाई पनि इन्धन उपलब्ध गराउने भएको छ । दसैं मान्न जान असहज परिस्थिति निर्माण भएपछि आयल निगमले निजी मोटरसाइकललाई पाँच र निजी गाडीलाई १० लिटरका दरले इन्धन उपलब्ध गराउने भएको हो । घटस्थापनादेखि नै सार्वजनिक बिदा दिँदा बजारमा कम इन्धन खपत हुने कारण निजी सवारी साधनलाई घटस्थापनाअगावै इन्धन उपलब्ध गराउन लागिएको आयल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिएको राजधानी दैनिकमा खबर छ । ‘दसैंमा घर जाले यात्रुलाई सहज बनाउन निजी सवारी साधन मोटरसाइकललाई पाँच र गाडीलाई १० लिटर इन्धन उपलब्ध गराउन लागेका छौं,’ प्रवक्ता बरालले भने, ‘घटस्थापनाको दिनदेखि सार्वजनिक बिदा भएको अवस्थामा शनिबारदेखि इन्धन वितरण गरिनेछ ।’  

कोई टिप्पणी नहीं: