शुक्रवार, 9 अक्तूबर 2015

करोडौं रुपैयाँको पानीसमेत विदेशबाटै आयात !

२२ असोज, काठमाडौं । नेपाल पानीमा विश्वकै धनी मुलुकमा रुपमा चिनिन्छ । जलस्रोतको हिसावले नेपाल विश्वकै दोस्रो धनी देश हो । तर यही देशमा वर्षेनी करोडौं रुपैयाँको पानी विदेशबाट आयात हुने गरेको छ । गत वर्ष एक करोड ८४ लाख २ हजार १ सय ८० रुपैयाँको पानी आयात भएको तथ्यांक छ ।
drinking waterr ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांकअनुसार अघिल्लो वर्षसम्म लाखमा सीमित पानी आयात गत आर्थिक वर्षमा करोड नाघेको छ । नेपालले पानी ल्याउने देश ९ भन्दा धेरै छन् । केन्द्रको तथ्यांकअनुसार चीन, मलेसिया, फिलिपिन्स, यूएई, भारत, फ्रान्स, बेलायत, थाइल्याण्ड र अमेरिकाबाट पानी आयात गरिएको नागरिक दैनिकमा खबर छ । ती देशबाट विभिन्न ३ शीर्षकमा पानी आयात गरिएको छ । मिनरल वाटर शीर्षकमा १० लाख ४ हजार एक सय रुपैयाँको ४९ हजार ५ सय ४६ लिटर पानी आयात गरिएको छ । मिनरल वाटर चीन, फिलिपिन्स, थाइल्याण्ड, भारत, फ्रान्स र बेलायतबाट ल्याइएको छ ।  

कोई टिप्पणी नहीं: