बुधवार, 25 नवंबर 2015

गौहत्या कसुरमा दैलेखमा एक युवालाई १२ वर्ष कैद

कान्तिपुर मंसिर ९ - दैलेख जिल्ला अदालतले गौहत्या कसुरमा यहाँ एक युवालाई १२ वर्ष कैद सुनाएको छ । न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले मालिका गाविस–५ का चन्द्रबहादुर शाहीलाई मुलुकी ऐन, चौपाया महलको ११ नम्बर बमोजिम कैद फैसला सुनाएको हो । चन्द्रबहादुरका सहोदर भाई केशवले गौहत्या गरेको जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । जाहेरवाला केशवबहादुर शाही, वादी नेपाल सरकार तथा प्रतिवादी चन्द्रबहादुर रहेको गौवध मुद्दा असोज १४ गते जिल्ला अदालतमा दर्ता भएको थियो । अदालतका श्रेस्तेदार गोविन्द आर्चायले रिसको झोकमा अभियुक्त केशवले गाई हत्या स्वीकार गरेको बताए । अभियुक्त हाल कारागारमा छन् ।

कोई टिप्पणी नहीं: