गुरुवार, 26 नवंबर 2015

चीनबाट आएको इन्धनबाट आयल निगमलाई डेढ करोड नाफा, चालकबाट तेल चोरी

petrol (4)१० मंसिर, काठमाडौं । चीनबाट ल्याएको इन्धनबाट नेपाल आयल निगमलाई डेढ करोड नाफा हुने भएको छ । निगमले चीनबाट १३ लाख लिटर पेट्रोल ल्याउँदा रसुवा भन्सार कार्यालयमा करिब ५ करोड ७० लाख रुपैयाँ राजस्व तिरेको छ । सो पेट्रोल प्रतिलिटर एक सय चार रुपैयाँका दरले बिक्री गर्दा १३ करोड ५२ लाख रुपैयाँ आम्दानी हुन्छ । प्रतिलिटर १२ रुपैयाँ ६६ पैसा नाफा राखेर बिक्री मूल्य तय गरेको निगमले जनाएको छ । यसो गर्दा चिनियाँ पेट्रोलको बिक्रीबाट एक करोड ६४ लाख ५८ हजार रुपैयाँ नाफा हुन्छ ।
‘चालकबाटै तेल चोरी’
केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म ल्याइएको तेल चालकले चोरी गरेका छन् । एउटा ट्याकरबाट २५ देखि ३० लिटरसम्म तेल चोरी गरेको प्रारम्भिक अध्ययनमा देखिएको निगमका एक अधिकारीले बताए । अनुदानको तेल लिन सयभन्दा बढी ट्यांकर परिचालन भएका थिए । पछि गएका ट्यांकरबाट अझ धेरै चोरी भएको निगमको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ । 

कोई टिप्पणी नहीं: