बुधवार, 25 नवंबर 2015

भारतीय सीमा सुरक्षा बलले नेपाल पसेर गोली चलायो, चार घाइते

९ मंसिर, सुनसरी । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा पसेर गोली चलाउँदा चार जना घाइते भएका छन् । बुधबार बिहान साढे ६ बजे तिरको समयमा एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली चलाएको स्थानीयबासीले बताएका छन् ।
SSB १० जना एसएसबीको समूहले गोली चलाएको स्थानीयबासीले आरोप लगाएका छन् । गोली लागेर सुनसरीको हरिपुर गाविस वडा नम्बर सातका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए । उनीहरु भारतीय बजारबाट खाद्य सामान लिएर नेपाल आएको बताइएको छ ।
अशोकको दायाँ छातीमा गोली लागेको छ भने, नरेशको बायाँ कम्मरमा गोली लागेको छ । घाइते चारै जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गोली कसले र किन हानेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कोई टिप्पणी नहीं: