गुरुवार, 26 नवंबर 2015

काठमाडौंमा एकैदिन तस्करीको २६ हजार लिटर तेल बरामद !

१० मंसिर, काठमाडौं । प्रहरीले काठमाडौंबाट एकै दिनमा कालोजारीको लागि ल्याइएको २६ हजार ५५ लिटर पेट्रोलियम पदार्थ बरामद गरेको छ । बरामद भएका सबै पेट्रोलियम पदार्थलाई ट्यांकरमा राख्ने हो भने दुई ट्यांकर भन्दा पनि बढी हुन्छ ।
Oil-Taskati-2प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १५ हजार ९ सय ८० लिटर डिजेल, ७ हजार ५ सय लिटर पेट्रोल र २ हजार ५ सय ७३ लिटर मटितेल बरामद गरेको हो।
यस्तै ३७ सिलिण्डर ग्यास पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार अवैध रुपमा कालोजारी गर्ने गरी पेट्रोलियम पदार्थ ओसारपसार गर्ने १४ सवारीलाई नियन्त्रण लिएको छ ।
विभिन्न नाका हुँदै काठमाडौमा पेट्रोल, डिजेल, मटितेल र ग्यास ल्याएर कालोबजारी गर्ने सवारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले बस, ट्रक, बुलेरो लगायतका सवारीबाट मात्र एकै दिनमा १५ हजार ३ सय ९५ लिटर डिजेल, ५ हजार ५ सय ६३ लिटर पेट्रोल र २ हजार ४ सय ८४ लिटर मट्टतिेल बरामद गरेको छ ।

प्रहरीले काँकडभिट्टाबाट काठमाडौं चल्ने ना ५ क ११२७ नम्बरको बसबाट १८ सय लिटर डिजेल, १ हजार लिटर पेट्रोल र १० सिलिन्डर ग्यास बरामद गरेको छ । यसैगरी ना ३ ख ७३५४ नम्बरको गाडीबाट ३ हजार लिटर डिजेल र ४० लिटर पेट्रोल बरामद गरेको छ ।
बा ३ ख ६८३५ नम्बरको गाडीबाट २ हजार लिटर डिजेल र ना २ च ८७३९ नम्करको गाडीबाट १२ सय लिटर डिजेल बरामद भएको छ । ना ३ च २७४८ नम्बरको गाडीबाट २हजार ५० लिटर डिजेल, १ सय ८ लिटर पेट्रोल र एक सिलिण्डर ग्यास बरामद भएको छ ।
Oil-Taskati-1यसैगरी बा २ क ११७८ नम्बरको गाडीमा २६ सय लिटर डिजेल र २ सय लिटर पेट्रोल तथा बा १२ च ६८७६ नम्बरको गाडीमा २ सय ७० लिटर डिजेल र ७ सय ८० लिटर पेट्रोल भेटिएको छ ।
ना ३ च १०८९ नम्बरको गाडीले ल्याएको १ हजार लिटर पेट्रोल, १५ सय लिटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै ५ सय ५४ लिटर पेट्रोल र ३१० लिटर मट्टतिेल ल्याउँदै गर्दा वा १३ च ७७११ नमबरको गाडी पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बा १३ च २२१५ नमबरको गाडीबाट ५ सय ९० लिटर डिजेल र ११ सय लिटर पेट्रोल, ५ सय ९० लिटर मटितेल र १ सिलिण्डर ग्यास पनि बरामद भएको छ । बा १ ज ५६९१ नम्करको गाडीबाट ८०० लिटर डिजेल र ५० लिटर पेट्रोल, लु १ च ४६४६ नम्करको गाडीबाट १हजार १० लिटर डिजेल र १ सय २५ लिटर पेट्रोल, बा ११ च ८४१७ नम्करको गाडीमा ३५ लिटर डिजेल, १९ सय लिटर पेट्रोल र ८४ लिटर मटितेल प्रहरीले भेटाएको छ ।
बा १ ज ९८६८ नम्बरको गाडीबाट २ सय ४० लिटर डिजेल र २ सय ६० लिटर पेट्रोल बरामद भएको छ ।
यस्तै इन्धनको कालोबजारी गर्दागर्दै विभिन्न व्यक्ति पनि पक्राउ परेका छन् । बढी मूल्यमा बिक्री गर्न लागिएको २५ सिलिण्डर ग्यास सहित सिन्धुलीका लोकबहादुर कार्की पक्राउ परेका छन् ।
१ सय ३५ लिटर पेट्रोलसहित मोरङका प्रेम दाहाल र अनिल राजवंशी, २५० लिटर पेट्रोल र ९० लिटर मटितेलसहित पर्सा पल्पा चौधरी र रेखा लोप्चान पक्राउ परेका छन् ।
Oil-Taskati Oil-Taskati-3 Oil-Taskati-4

कोई टिप्पणी नहीं: