बुधवार, 10 फ़रवरी 2016

“हरेक राजनीतिक परिवर्तनमा सोझा मगरहरुलाई किन सेझ्याइन्छ ?”

नेपाल मगर संघ, हेम्जाका अध्यक्षमा लोकबहादुर
पोखरा, २७ माघ । नेपाल मगर संघ हेम्जा एकाइ समितिको आठौं अधिवेशन तथा १४औं वार्षिक साधारण सभाबाट अध्यक्षमा लोकबहादुर पुनमगर चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रूद्रबहादुर थापामगर, सचिवमा गंगा थापामगर, सह–सचिवमा शान्ति रानामगर र कोषाध्यक्षमा डा. तेजकुमारी रानामगर चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा तोरणबहादुर रानामगर, कल्पना थापामगर, प्रेमबहादुर थापामगर, वसन्त रानामगर, बासमती श्रीसमगर, सरिता रानामगर, मीनबहादुर रानामगर लगायत चयन भएका छन् ।
“हरेक राजनीतिक परिवर्तनमा सोझा मगरहरुलाई किन सेझ्याइन्छ ?”यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज झलकबहादुर रानामगरले मगर जातिको आदिम भूमि मगरातलाई तीन टुक्रा पारिएकोमा आक्रोश व्यक्त गरे ।
मगर जातिको इमान्दारिता र सोझोपनको फाइदा उठाएर राज्यले सधैं मगर जातिलाई उत्पीडन गरेको आरोप लगाउँदै रानामगरले नयाँ संविधानले मगर जातिको ऐतिहासिक थातथलोलाई छिन्नभिन्न पारेको बताए । मगर जातिको इमान्दारिता र सोझोपनको फाइदा उठाएर राज्यले सधैं मगर जातिलाई उत्पीडन गरेको आरोप लगाउँदै रानामगरले नयाँ संविधानले मगर जातिको ऐतिहासिक थातथलोलाई छिन्नभिन्न पारेको बताए ।
सो अवसरमा विशेष अतिथि नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कर्णबहादुर थापामगर, बागलुङ–पोखरा मगर समाजका सचिव गजेन्द्र थापामगर, पूर्व सचिव कृष्णाकुमारी श्रीसमगर, कोषाध्यक्ष कृष्णा पुनमगर, निवर्तमान एकाइ अध्यक्ष क्षेत्रबहादुर रानामगर, उपाध्यक्ष चन्द्राकुमारी थापामगर, सचिव विना थापामगरलगायतले बोलेका थिए ।

नेपाल मगर बौद्ध सेवा समाज कुश्मीसेरामा खिमा
बागलुङ जिल्लाको दक्षिणी भेगको व्यापारिक केन्द्र कुश्मीसेरामा नेपाल मगर बौद्ध सेवा समाज गठन गरिएको छ । शनिबार नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय उपाध्यक्ष टीबी पुनमगर (रोशन)को प्रमुख आतिथ्यतामा भएको भेलाले समाज गठन गरेको हो ।
खिमा थापामगरको अध्यक्षतामा गठित १२ सदस्यीय नेपाल मगर बौद्ध सेवा समाज कुश्मीसेरा गाउँ समितिको उपाध्यक्षमा मनिकला पुनमगर, सचिवमा रोमा थापामगर र कोषाध्यक्षमा सुनिता थापामगर रहेका छन् । त्यसैगरी, सदस्यहरूमा गंगा रानामगर, नरमाया थापामगर, पदमा थापामगर, कुमारी थापामगर, कुमारी थापामगर, ज्ञानबहादुर थापामगर, कृष्णबहादुर थापामगर, ताराबहादुर थापामगर रहेका छन् । कार्यक्रमको सहजीकरण विश्व भाषा क्याम्पस, काठमाडौंका उप–प्राध्यापक विद्यावारिधि शोधार्थी जेबी थापामगरले गरेका थिए ।

कोई टिप्पणी नहीं: