गुरुवार, 11 फ़रवरी 2016

पराकम्पले फेरि तर्सायो, रेक्टरस्केल ४.६, केन्द्र सिन्धुपाल्चोक

२८ माघ, काठमाडौं । राति सुतेका बेला पराकम्पले तर्साउने क्रम अझै रोकिएको छैन । बुधबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको छ । राति १० बजेर १२ मिनेट जाँदा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।
पाँच दिन अघि पनि रातिको समयमा सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको थियो । सो पराकम्पमा भागदौड हुादा ७० भन्दा बढी घाइतेसमेत बनेका थिए । गत १२ बैशाखमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएदेखि हालसम्म चार रेक्टर माथिका झण्ढै साढे ४ हजार पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कोई टिप्पणी नहीं: