शनिवार, 13 फ़रवरी 2016

कारिकोटेको दोस्रो साधारणसभा तथा बनभोज कार्यक्रम संपन्न

बुटवल फाल्गुन १ - स्याङ्जा कारिकोटे तराईबासी मगर समाज, बुटवलको दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम हिजो माघ २९ गते भब्यताको साथ संपन्न भएकोछ । सो कार्यक्रम प्रमुख अतिथी हनेरी क्याप्टेन जग बहादुर रेश्मी जी र अधक्ष्य हनेरी क्याप्टेन श्री नैनसिंह रानाले दिप प्रजोलन गरि आरम्भगरिएको थियो। जसमा संगठनका उपाधक्ष्य श्री चुम बहादुर लामिछाने जीले सबै सहभागी शेयर सदस्यहरुलाई मन्तब्य मार्फत स्वागत गर्नुभएको थियो। 
त्यस्तै संगठनका अधक्ष्य क्याप्टेन श्री नैन सिंग रानाजीले बार्षिक प्रतिबेदन पेस गर्दै संगठन संचालन संबन्धित केहि महत्व पूर्ण बुदाहरु, सभाबाट बहुमतले पारित गराउनु भएको थियो। मन्तब्यको क्रममा बिशेष अतिथी एसएम एण्ड हनेरी क्याप्टेन श्री यम बहादुर सोमै, सल्लाहकार जंग झेडी, प्रमुख अतिथि हनेरी क्याप्टेन जग बहादुर रेश्मी जीले सभालाई सम्बोधन गर्नु भएको थियो। 
कार्यक्रममा ७५ बर्ष पुरा भएका शेयर सदस्यका अभिभावक हरु तथा एस एल सी परिक्षामा बिशिष्ट र उच्च श्रेणीमा पास भएका शेयर सदस्यका छोरा छोरीहरुलाइ बिशेष सम्मान गरिएको थियो। कार्यक्रमको उत्तराद्धमा भोजन साथै नाच गान, दोहरीले अझ रमाइलो बातावरण बनाएको थियो।
स्याङ्जा कारिकोटे तराईबासी मगर समाज, बुटवलको दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रमको झलकहरु :




कोई टिप्पणी नहीं: