गुरुवार, 11 फ़रवरी 2016

नायिका नेहा हत्या विवरण चित्त बुझेन, पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर : पुन समाज

पोखरा, २८ माघ । मगर चलचित्रकी नायिका योरुना पुन नेहाका आफन्तले उनको हत्यामा अन्यको पनि संलग्न हुनसक्ने आशंका गरेका छन् । पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी नेहाको बलत्कार पछि हत्या भएको बताएका छन् ।

नायिका नेहा हत्या विवरण चित्त बुझेन, पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर : पुन समाजनेहाका मामा यमप्रसाद थजाली पुनले लाश अर्धनग्न अवस्थामा फेला परेकाले नेहाको बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै छानविनको माग गरेका छन् । उनले घटनाको पूर्ण रुपमा छानविन गरी दोषीलाई कडा कार्वाही गर्न समेत माग गरे ।
हिजो गरिएको पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनाको पूर्ण रुपमा छानविन नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए । समाजले नेहाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, घटनाको सूक्ष्म तबरले छानविन गर्नुपर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नुपर्ने, घटनास्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परीक्षण गर्नुपर्ने लगायतका माग राखेका छन् ।

समाजको नेतृत्वमा बिहीबार शान्तिपूर्ण दबाबमूलक र्‍याली पनि निकाल्ने भएको छ । र्‍याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, लखनचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुनले जानकारी दिए ।
कास्की प्रहरीले नायिका नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्गीलाई पक्राउ गरेको हो । नेहाको १८ गते पोखरा–१५ नयाँगाउँमा उनकै घरनजिक हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
नेहाले सह–नायिकाका रूपमा अभिनय गरेको मगर भाषाको चलचित्र ‘गाउला’ (गोठालो) दर्शकमाझ आइसकेको छ भने उनको मुख्य भूमिका रहेको अर्को मगर भाषाको चलचित्र ‘यूँपा’ भने अझै रिलिज भइसकेको छैन । नेहाले १० कक्षामा अध्ययनरत छँदा नै यी दुई मगर चलचित्रमा अभिनय गरेकी थिइन् ।

कोई टिप्पणी नहीं: