शुक्रवार, 5 फ़रवरी 2016

जापानमा नेपालीद्वारा ट्रेनको लिकमा हाम फालेर आत्महत्या

Tokyo Japan२२ माघ, काठमाडौं । जापानमा एक नेपालीले ट्रेनको लिकमा हाम फालेर आत्महत्या गरेका छन् ।
टोक्योको कामता बस्दै आएका वाग्लुङ, गल्कोट काँडेवास ९ का २१ वर्षिया ओमकार कँडेलले बिहिबार अपरान्ह आत्महत्या गरेका हुन् । उनले द्रुत गतिमा रहेको रेलको लिकमा हाम फलेर आत्महत्या गरेको जापानबाट सञ्चालित नेपाली पोर्टल टोक्यो नेपालले जनाएको छ । टोकियो ओमोरी खाईदान स्टेशनमा द्रुत गतिमा रहेको केइहिन केइक्यु लाईनमा एक्कासी हामफालेका कारण उनको घटनास्थलमै मृत्यु भएको जापान प्रहरीले जनाएको छ ।
कामतामा परिवारसहित वस्दै आएका कँडेलका बुवा टोपलाल कुक भिषामा कार्यरत छन् । उनले आत्महत्या गर्नुको कारण सहितको चिठी भाइलार्इ छोडेका र केही दिनयता आफना पुराना साथीहरुसँग भेटघाट गरेको परिवार स्रोतले जनाएको छ । सुसाईड नोटमा भाइलाई सम्वोधन गर्दै कँडेलले, ‘भाइ, मेरो आज अन्तिम दिन हो । कहिल्यै नफर्कने गरि टाढा जाँदैछु । कसैप्रति गुनासो छैन । म आफनै कारण जीवनबाट विदा लिँदैछु’ भनेर लेखिएका छन् । 

कोई टिप्पणी नहीं: