शुक्रवार, 5 फ़रवरी 2016

घुस लिने पुलिसको हाकिमलाई पनि कारबाही गर्छुः प्रहरी प्रमुख अर्याल

रमेश धमला २२ माघ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अयार्लले प्रहरी अधिकृतहरु नै घुससहित रंगेहात पक्राउ परेको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् । साथै उनले मातहतका कर्मचारीलाई निगरानी गर्न नसक्ने हाकिमहरुलाई नै कारबाही गर्ने चेतावनी दिए । पछिल्लो पटक ललितपुरका डीएसपी यदानिधि ज्ञवालीसहित तीन प्रहरी घुस लिँदै गर्दा पक्राउ परे ।
Upendra kanta aryalअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरी प्रमुख अर्यालले शुक्रबार विहान महानगरीय प्रहरी मातहतका अधिकृतहरुलाई बोलाएर निर्देशन दिएका छन् । आईजीपी अर्यालले अब गलत काम गर्नेहरुलाई मात्र होइन, उनीहरुलाई निगरानीमा राख्न नसक्ने हाकिम नै कारबाही गर्ने चेतावनी दिएका छन् । अधिकृतहरुसँगको बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै आइजीपी अर्यालले भने प्रहरी अधिकृतहरु घुससहित रंगेहात पक्राउ परेको घटनाले आफूलाई निकै गम्भिर बनाएको बताए ‘ललितपुमा पनि एसएसपीकै कमजोरी देखियो, त्यस्तो कमजोर नेतृत्व कारवाहीको भागिदार हुनुपर्छ ।’ नेतृत्वमा बस्नेहरुले मातहतका कर्मचारीको सपरिवेक्षेण नगर्नु कमजोरी भएको उनले बताए । उनले अब नेतृत्वमा बस्नेहरुलाई पनि कारबाही गर्ने बताए । पटक­-­पटक दिएको निर्देशन किन पालना भएन भन्ने प्रश्नमा अर्यालले भने, ‘निर्देशन पालना नगरेको भन्दा पनि व्यक्तिगत नियत गलत देखिएको छ । त्यसलाई सुधार गर्न कडा रुपमा प्रस्तुत हुन्छु ।’  

कोई टिप्पणी नहीं: