शुक्रवार, 5 फ़रवरी 2016

सार्क देशको श्रम मन्त्रीस्तरीय बैठक काठमाडौंमा हुने

 २२ माघ, काठमाडौं । दक्षिण एसियाली देशका श्रम मन्त्रीहरुको संयुक्त बैठक काठमाडौंमा हुने भएको छ । बैशाख २१ गतेदेखि काठमाडौंमा सुरु हुने बैठक २ दिनसम्म चल्नेछ । वैदेशिक रोजगारीमा रहेका कामदारहरु को सुरक्षा र चासोमा बैठक केन्द्रित हुने श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ। दक्षिण एसियाली देशहरुबाट ठूलो मात्रामा युवा कामका लागि विदेशिएका छन् । विशेषगरी मध्यपूर्बी एसियामा पुगेका कामदारहरु विभिन्न किसिमका जोखिम र समस्यामा छन् । उनीहरुलाई सुरक्षित र लाभदायक वैदेशिक रोजगारीको वातावरण मिलाउने विषयमा छलफल सार्क स्तरका सबै देशका श्रम मन्त्रीहरु काठमाडौंमा भेला हुन लागेका हुन् । बैठकमा नपालसँगै सार्क संगठनमा आवद्ध भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तान, अफगानिस्तान र श्रीलंकाका श्रम मन्त्रीहरु सहभागी हुने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ । सार्कको श्रममन्त्री स्तरीय बैठक गर्ने निर्णलाई नेपाल सरकारको मन्त्रिपरिषदले पारित गरिसकेको छ । बैठकमा उठाइने एजेण्डाहरु तय गर्न छलफल सुरु भएको प्रवर्द्धन बोर्डले जनाएको छ । 

कोई टिप्पणी नहीं: