गुरुवार, 11 फ़रवरी 2016

गौरिकाले जितिन् एेतिहासिक रजत, व्यक्तिगत पदक ४ पुग्यो

२८ माघ, काठमाडौं । भारतमा जारी १२औं दक्षिण एशियाली खेलकुद (साग) को पौडीमा नेपालकी गौरिका सिंहले एेतिहासिक रजत पदक जितेकी छन् । बुधबार भएको २०० मिटर इन्डिभ्यूजल मिड्लेको फाईनल स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दे गौरिकाले रजत जितेकी हुन् । 
Gaurika-singसागको ३२ वर्ष लामो इतिहासमा नेपालले पौडीमा स्वर्ण जितेको यो पहिलो पटक हो । उनले २०० मिटरको निर्धारित दूरी उनले २ मिनेट ३३.२६ सेकेण्डमा पुरा गरिन् । यसअघि यस विधामा उनको नाममा २ मिनेट ३८.१७ को टाइमिङसहितको कीर्तिमान थियाे । यस स्पर्धामा भारतकी श्रद्धा सुधीरले २ मिनेट ३१.१८ मा दूरी पुरा गर्दै स्वर्ण जितिन् । बुधबारको रजतसँगै सागमा गौरिकाको व्यक्तिगत पदक चार पुगेको छ । १३ बर्षीया गौरिकाको सागमा यो पहिलो सहभागिता हो र उनले १०० मिटर र ५० मिटर ब्याकस्ट्रोक तथा ४०० मिटर फ्रीस्टाइलमा काश्य जितिसकेकी छन् । 

कोई टिप्पणी नहीं: