गुरुवार, 31 मार्च 2016

आत्मघाती बेल्ट नजिकबाट हेर्नु थियो, त्यसैले सेल्फी लिएँ

१८ चैत, काठमाडौं । इजिप्ट एयरको विमान नाटकीय ढंगबाट अपहरण गर्ने व्यक्तिसँग सेल्फी लिएका एक बेलायती यात्रीले अपहरण कर्ताको आत्मघाती बेल्ट नजिकबाट देख्न चाहेका थिए । स्वास्थ्य तथा सुरक्षा अडिटर बेन इन्स अपहरणमा परेको दुखद् अवस्थामा पनि खुसी हुने प्रयास गरिरहेका थिए । बम असली भएपनि आफूले गुमाउने केही नभएकोमा उनलाई चिन्ता थिएन ।
ben ins_with _bomb1इन्सले बम बोकेका मानिससँग खिचिएको सेल्फी अहिले सम्मको महत्वपूर्ण र उत्कृष्ठ सेल्फी भएको बताएका छन् । तर वास्तवमा उक्त तस्विर एक एयर होस्टेसले खिचेकी थिइन् । साइप्रसको एक अदालतले विमान अपहरण गर्ने व्यक्तिलाई आठ दिन हिरासतमा राख्न निर्देशन दिएको छ । उनको मानसिक स्वास्थ्य ठिक नभएको बताइएको छ । एलेक्जेन्ड्रियाबाट काहिरा जादै गरेको विमान अपहरण गर्दै अपहरणकारीले साइप्रस लान भनेका थिए । उनले आफूले आत्मघाती वम रहेको पेटी बादेको उनले देखाएका थिए । तर, पछि फ्लाइट एमएस १८१का सवै यात्री तथा चालक दलका सदस्यलाई सुरक्षित रुपमा रिहा गरिएको थियो । विमान अपहरण गर्ने व्यक्तिले आत्मसमर्पण गरेका थिए । 

कोई टिप्पणी नहीं: