शुक्रवार, 8 अप्रैल 2016

एक करोड नक्कली भारु बरामद, यस्तो छ पाकिस्तानदेखि वीरगञ्जको चेन

Indian-moneyरमेश धमला २६ चैत, काठमाडौं । नेपाल प्रहरीको विषेश ब्युरोले १ करोड नक्कली भारुसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा एक पाकिस्तानी छन् भने ५ जना नेपाली नागरिक नै छन् । यसले पाकिस्तानदेखि नेपालसम्मको एउटा चेन त ब्रेक भएको छ । तर, भारतीय गिरोह उम्किएको छ ।
नक्कली भारूको कारोबारलार्इ लिएर नेपाल उडान भर्ने केही एयरलाइन्स र त्यसमा यात्रा गर्ने केही देशका नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ सुरक्षाकर्मीको विषेश निग्रानीमा पर्छन् ।
त्यहि निगरानीमा परेका थिए पाकिस्तानी नागरिक मोहम्मद नदिम । केही समयअघि कतार एयरवजबाट नेपाल आएका मोहम्मदलाई प्रहरीको टोलीले विमानस्थलबाटै पछ्याएको थियो । मोहम्मद ठमेलको प्लानेट होटलमा बसे । प्रहरीले पक्राउ गर्दा सुटकेसमा ५० लाख नक्कली भारु लिएर बसेका मोहम्मद पैसा लिन आउने मकवानपुरकी उमादेवी पाण्डेको पर्खाइमा थिए ।

मोहम्मदले पैसा लिन आउने नेपाली महिला भएको भन्दै ट्याक्सी नम्बर बताएपछि उमा पनि प्रहरी फन्दामा परिन् । वानेश्वरस्थित कोठामा एक रातको निगरानी गरेपटि उमादेवी कहाँ महोत्तरीका महादेव तिमल्सिना आए । त्यही मौकामा प्रहरीले दुबैलाई समातेको छ ।
उमादेवीको कोठाबाट थप ५० लाख बरामद भयो । उमादेवीले केहि दिन अघि नै ५० लाख रुपैंया कोठामा लगेर राखिसकेकी थिइन् । तर ठमेलबाट पक्राउ परेका मोहम्मोद र अघिल्लो पटक उमादेवीलाई ५० लाख दिने व्यक्ति एउटै हो कि फरक-फरक व्यक्ति हुन भन्ने प्रहरीले खुलाएको छैन ।
उमाले आफूलाई अघिल्लो पटक ५० लाख नक्कली भारु दिने व्यक्ति अर्कै भएको बयान दिएकी छिन् । र, उमाको शैली हेर्दा उनी पहिल्यैदेखि नै नक्कली भारु बोक्ने काम गरेको हुन सक्ने अनुमान छ ।
उमादेवी र महादेवको संयोजक दिलबहादुर थापा
Pakrau
नक्कली भारु बोकेर आउने काठमाडौं आउने पाकिस्तान नागरिक हुन् । तर, उनलाई साथ दिन नेपालमा पनि फरक-फरक तहमा नेपालीहरु नै तयार थिए । तिनै मध्येका एक हुन् महोत्तरीनका दिलबहादुर थापा ।
दिलबहादुरले काठमाडौंबाट वीरगञ्जसम्म भारु लैजाने जिम्मेवारी तीनै महादेवलाई दिएका थिए । महादेवले काठमाडौंमा भारु रिसिभ गर्ने जिम्मेवारी उमादेवीलाई दिएको खुलेको छ ।
काठमाडौंदेखि वीरगञ्जसम्म भारु लैजाने जिम्मेवारी पाएका दिलबहादुर भन्दा माथिल्लो तहसम्म भने प्रहरी पुग्न सकेको छैन । विषेश ब्युरोका प्रमुख डीआइजी बमबहादुर भण्डारीले भने, दिलबहादुरले भारु वीरगञ्जसम्म पठाउने जिम्मेवारी पाएका थिए । उनको सम्पर्कमा बस्ने भारती हुन् ।’
वीरगञ्जमा अर्को समूह
नक्कली भारु वीरगञ्ज पुगेपछि बुझने व्यक्ति भारीतय नागरिक भएको खुले पनि प्रहरीले पक्राउ गर्न सकेन । फरार उनीहरु दिलबहादुरको सम्पर्कमा थिए । तर, काठमाडौंबाट वीरगञ्जसम्म पुगेको भारतिय नक्कली नोट वितरण गर्ने नेपाली भने पक्राउ परेका छन् ।
पाकिस्तानबाट काठमाडौं हुँदै वीरगञ्ज पुगेको नक्कली नोट साट्ने तथा बिक्री गर्ने जिम्मेवारी पाएका पर्सा भौराटारका परमानन्द यादव र बारा गन्जभवानीपुरका ईश्वरी प्रसाद सहा तेली पैसाका बारेमा बुझन काठमाडौं आइपुगेका थिए । काठमाडौंबाट वीरगञ्ज पुग्न छ कि पुग्दैन भनेर निगरानी गर्न आएका दुवै जना कलंकीमा प्रहरकिो फन्दामा परेका छन् ।
विषेश ब्युरोका प्रमुख डीआइजी बम बहादुर भण्डारीका अनुसार पाकिस्तानबाट आएको नक्कली भारतीय रुपैयाँ मगाउने भने भारतीय नागरिक नै हुन् । तर, पहिचान खुलाइएको छ ।
नक्कली भारु मगाउने भारतका मुख्य गिरोहले नै वीरगञ्जबाट पैसा सीमापार गराउने जिम्मेवारी भारतीयलाई नै दिएका थिए । तर उनीहरु फरार छन् । डीआईजी भण्डारी भन्छन्, पाकिस्तानदेखि नेपालसम्मको एउटा चेन त बे्रक भयो । तर, भारतीय गिरोह उम्किएको छ ।’
नक्कली भारु र ट्रान्जिट नेपाल
२०६८ साल कार्तिक १७ ओमनको एयरको विमानबाट पाकिस्तानबाट काठमाडौं आएका कराँचीका मोहम्मद सलिम त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट ३९ लाख ९० हजार नक्कली भारुसहित पक्राउ परेका थिए ।
२०६८ साल पुस ६ गते काठमाडौंको कलंकीबाट फिलिपिन्सका नागरिक ३७ बर्षीय डेनिस सेनसेज, भारतीय नागरिक बिहार बेतियाका २५ बर्षीय नसिम आलम र खोटाङ चिसापानी २ बल्खुका २४ बर्षीय डिकबहादुर नेपाली एक करोड २२ लाख नक्कली भारतिय नोट सहति पक्राउ परेका थिए ।
२०७० साल वैशाख २४ गते ५५ वर्षका पाकिस्तानी नागरिक फारुक शेष मोहम्मद नक्कली १ करोड भारुसहित पक्राउ परेका थिए । फारुकसंगै उनलाई साथ दिने दुई नेपालीहरु नेपाली नागरिक नरुल्लाह मियाँ र नेपाल तेकन्दो संघका कोषाध्यक्ष रवि सिंह समेत पक्राउ परेका थिए ।
प्रहरीको तथ्यांक अनुसार पछिल्लो ८ वर्षमा मात्रै ११ करोड भन्दा बढी भारतीय नक्कली नोट बरामद भइसकेका छन । तर, पछिल्लो दुई वर्षमा ठूलो परिमाणमा नक्कली भारु बरामद भएको थियो ।
नेपालमा एकपछि अर्को पक्राउ गर्न थालेपछि कारोवारीले सार्कका अन्य मुलुकको बाटो प्रयोग नक्कली नोट भारतसम्म पुर्‍याउने गरेकोका प्रहरीको अनुमान थियो ।
तर, फेरि एक पटक एक करोड नक्कली भारुसहित छ जना पक्राउ परेका छन् । यसरी आउने १ लाख नक्कली भारु ४० हजारदेखि ६० हजारसम्ममा बिक्री हुने गरेको बताइन्छ । 

कोई टिप्पणी नहीं: