रविवार, 17 अप्रैल 2016

इक्वेडरमा शक्तिशाली भूकम्प, क्षतिको बिवरण आउन बाँकी

५ वैशाख, काठमाडौं । ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ रिक्टर स्केलको  शक्तिशाली भूकम्प गएको छ ।
cuador_quake_2016राजधानी क्योटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको हो । १९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो धक्का महसुस गरिएको थियो ।भूकम्पका कारण घरहरुमा क्षति पुगेको जनाइएपनि अहिलेसम्म क्षतिको बिबरण भने आइसकेको छैन । भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन उक्त क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ।

कोई टिप्पणी नहीं: