मंगलवार, 12 अप्रैल 2016

ओखलढुंगाको डढेलो गाउँ पस्यो, ९ घर जले

३० चैत, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा एक सातादेखि लागेको आगो नियन्त्रण नगर्दा सिंहदेवी गाविसका ९ घर जलेर नष्ट भएका छन् । डढेलोले सिहंदेवी गाविस-३ चिउरीडाँडाको खड्का बस्ती जलेको हो । जनपथ र सशस्त्र प्रहरीको टोलीले गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी दिपेन्द्र शाहले जानकारी दिए । सिहंदेबीको नौबिसे चिउरीडाँडाबाट सल्केको आगो पँहेले र सुगुरे सामुदायिक बन हुँदै गाउँमा पसेको थियो । आगोले पसलटार लघु जलबिद्युत आयोजनाको प्रसारण लाइनमा पनि क्षति पुगेको छ । सुँगुरेमा विद्युतको पोल तथा तार जलेकाले बिद्युत आपूर्ति अवरुद्ध भएको स्थानीय शिक्षक विनोद विकले जानकारी दिए । डढेलोले रानीवन गाविसका लक्ष्मीटार, राजदेवल, विमिरे लगायतका सामुदायिक बनमा क्षति पुगेको छ । – रामहरि श्रेष्ठबाट 

कोई टिप्पणी नहीं: