रविवार, 17 अप्रैल 2016

सरकारले टेरेन, सकारात्मक वैदेशिक हस्तक्षेपसहित आन्दोलन आवश्यक छ : लिङ्देन

दमक, वैशाख ५। लिम्बुवानविहीन संविधान जारी भएकोले सशक्त आन्दोलन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । वक्ताहरुले सो को तयारी भइरहेको बताएका छन् ।
limbuwan-interaction2शनिवार लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्यसमितिले झापाको दमकमा आयोजित ‘संघीयतामा लिम्बुवान’ विषयक वृहत् अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले देशभरिका संघीयतावादीहरु एक भएर शान्तिपूर्ण आन्दोलनद्वारा लिम्बुवान राज्य प्राप्तिका लागि लड्नुपर्ने बताएका छन् । सकारात्मक वैदेशिक हस्तक्षेपसहित आन्दोलन आवश्यक रहेको लिङ्देनको भनाइ थियो । उनले सात प्रदेश नमान्ने बताउँदै मुलुकमा लिम्बुवानसहितको मधेस, मगराँतलगायत १० प्रदेश आवश्यक रहेको बताएका छन् ।


अन्तरक्रियामा एनेकपा माओवादीका केन्द्रीय सदस्य तथा लिम्बुवान इन्चार्ज मुक्साम मेन्याङबो, लिवि मञ्च पूर्व केन्द्रीय महासचिव तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा विद्यार्थी सहइन्चार्ज लोक सागर साम्बा, पूर्व सभासद तथा संघीय समाजवादी फोरम संवद्ध लिम्बुवान प्रादेशिक समितिका मुख्य सचिव विश्वदीप लिङ्देन, नेकपा माओवादीका लिम्बुवान इन्चार्ज मौसम लिम्बु, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष हरि चोङबाङ, किरात याक्थुङ चुम्लुङको केन्द्रीय सचिव तथा सह प्राध्यापक ध्रुब मेन्याङबो, किरात राई यायोख्खाका उपमहासचिव धिरेन्द्र रुम्दाली, सदस्य दिपेनबाला राई, धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमाललगायतले सम्बोधन गरेका थिए । 

कोई टिप्पणी नहीं: