मंगलवार, 12 अप्रैल 2016

स्थानीय भन्छन्- भैरहवा विमानस्थललाई एक इन्च पनि जग्गा दिदैनौं

Goutam-Buddha-Airport-4सलमान खान ३० चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतीका लागि सरकारले अधिग्रहण गर्न लागेको जग्गाको विषयमा स्थानियले विरोध गरेका छन् । सोमबार अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यालयले भैरहवामा आयोजना गरेको जग्गा अधिग्रहण सम्बन्धमा सरोकारवालाहरुसगँ अन्तरक्रिया कार्यक्रममा स्थानियले सरकारले विकासको नाममा विनास गर्न खोजेको आरोप लगाउँदै विमानस्थल स्तरोन्नतीका लागि आफुहरुले एक इन्च पनि जग्गा नदिने बताए । आयोजित अन्तराक्रिया कार्यक्रममा सहभागी स्थानिय जग्गा धनीहरुले चलनचल्तीको जग्गाको मुआब्जा पाउनुपर्ने, जग्गाको साटो जग्गा पाउनुपर्ने बताएका थिए भने अधिकांशले भने एक इनच पनि जग्गा नदिनेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागी स्थानिय पुर्ण बहादुर रायमाझीले आफ्नो ८ कठ्ठा रहेको जग्गा मध्ये आयोजनाले पटक पटक गरी साढे ७ कठ्ठा जग्गा अधिग्रहण गरिसकेको र बचेको १० धुर जग्गामा आफुले बनाएको घर समेत अधिग्रहणमा परेको हुदाँ अब आफु र आफ्नो परिवार के गर्ने र कहाँ जाने भनी प्रश्न गरेका थिए । आयोजनाले गौतमबुद्ध विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती गर्नका लागि पहिलो पटक २ सय ८७ विघा जग्गा अधिग्रहण गरेको थियो । भने दोस्रो पटक १ सय ४० विघा जग्गा अधिग्रहण गरेको थियो । र, यो अहिले प्रक्रियामै रहेको छ । त्यस्तै अयोजनाले विमानस्थलको स्तरोन्नतीका लागि थप २ सय ८८ विघा जग्गा अधिग्रहणका लागि प्रस्ताव गरेको छ । पुर्वमा गल्लामण्डी स्थित हनुमान मन्दिरको पश्चिम तर्फ वार्ड नम्बर ४ को कुलो, पश्चिम तर्फ तिनाउ खोलासम्म, उत्तरतर्फ हनुमान मन्दिर देखि लुम्बिनी रोड स्थित मायादेवी चोक सम्म बाटोको केन्द्र देखि ७५ मटिर दक्षिण तर्फ र दक्षिण तर्फ अधिग्रहण भइसकेको सिमाना देखि २ सय मिटर सम्म २ सय ८८ विघा जग्गाको लागि उक्त क्षेत्रको जग्गा प्रस्ताव गरिएको छ । कार्यक्रममा विमानस्थल आयोजना प्रमुख ओम शर्माले विमानस्थलका लागि अधिग्रहण गरिएको र अधिग्रहणका लागि प्रस्ताव गरिएको जग्गाहरुको विषयमा स्पष्ट पार्दै उक्त जग्गामा विमानस्थलका लागि के के निर्माण हुने विषयमा जानकारी दिएका थिए । त्यस्तै अन्तरक्रिया कार्यक्रममा सहभागीको तर्फबाट गरिएको प्रश्नको जवाफ दिदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी एवं जग्गा अधिग्रहण मुआब्जा समितीका अध्यक्ष समेत रहेका विष्णु प्रसाद ढकालले सरकारले जनता रुवाएर विमानस्थलका लागि जग्गा अधिग्रहण नगर्ने बताए । विमानस्थलको स्तरोन्नतीका लागि हामीले जनतालाई रुवाएर जबरजस्ती जग्गा अधिग्रहण गर्दैनौ, तपाईहरु त्यसमा ढुक्क हुनुहोस अन्तरक्रिया कार्यक्रममा प्रजिअ ढकालले भने जब सम्म तपाईहरुको सहमती हुदैन तब सम्म तपाईहरुको जग्गा अधिग्रहण गर्दैनौँ । उनले अघि थपे जनताको चित्त दुखाएर काम हुदैन स्थानियको घरदैलो पुगी समस्या समाधान गरी चित्त बुझाएर मात्र हामी अघि बढ्छौँ । यस्तै जग्गाको मुल्याङनको गर्ने क्रममा जग्गा मुल्याङन समितिमा जनताको प्रतिनिधी, राजनितिक दलका प्रतिनिधीलाई समेत सहभागी गराईने उनले बताए । 

कोई टिप्पणी नहीं: