शुक्रवार, 8 अप्रैल 2016

मधेसी र पहाडीलाई अलग्याएर रजाइँ गर्ने मनोविज्ञान खतरनाक ढंगले हुर्किरहेको छ’

‘एकल जातीय बर्चश्वको मानसिकता बोकेर सबैलाई अधिकारसम्पन्न बनाउन असम्भव’ : उपेन्द्र यादव
ललितपुर, चैत २६ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकभित्र विद्यमान विभेदको अन्त्य नभइञ्जेल राजनीतिक आन्दोलन समाप्त नहुने जिकिर गरेका छन् ।
ashok-rai-limbuwanशुक्रबार पार्टीसम्बद्ध लिम्बुवान प्रदेश सम्पर्क समितिको समायोजन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जातीय, क्षेत्रीय र लैंगिक विभेदको अन्त्यकै लागि आफूहरुले आन्दोलन गरिरहनु परेको बताए ।
साथै, उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न एकात्मक जातीय चिन्तन त्याग्न विपक्षी दलहरुलाई आग्रहसमेत गरे । कांग्रेस–एमालेतर्फ इंगित गर्दै भने, ‘दिमागमा एकल जातीय बर्चश्वको मानसिकता बोकेर सबैलाई अधिकारसम्पन्न बनाउन असम्भव छ ।’ ‘मधेसी र पहाडीलाई अलग्याएर रजाइँ गर्ने मनोविज्ञान खतरनाक ढंगले हुर्किरहेको छ,’ उनले वर्तमान प्रधानमन्त्री र सत्तासिन दलहरुतर्फ संकेत गर्दै प्रतिप्रश्न गरे, ‘यसैले मधेसी र पहाडीबीच दुश्मनीपूर्ण व्यवहारको विकास गरेर गर्न खोजेको चाहिँ के ?’

अध्यक्ष यादवले एकल जातीय राज्य अन्त्य गर्न पहिचानसहितको संघीयता आवश्यक रहेकामा वर्तमान संविधान एकात्मक शासन लाद्ने प्रयत्नस्वरुप आएको जिकिरसमेत गरे । उनले उत्पीडक खस आर्यको बर्चश्वमात्रै कायम हुने गरी बनाइएको संविधान स्वीकार्न नसकिने पनि जनाए ।
‘एकल जातीय राज्यको अन्त्यको निम्ति पहिचानसहितको संघीयता आवश्यक छ,’ उनले जोड दिए, ‘तर, पञ्चायती कालमा झैं एक जात, एक भेषकै नीतिअनुरुप शासन गर्न खोजिएको छ ।’
यादवले पहिचान र समावेशीताको सुनिश्चितता नभएसम्म लडिरहनेसमेत बताए । उनले राजनीतिक अधिकार प्राप्त नभएसम्म उत्पीडित समुदायले राज्यमा पहिचान, पहुँच र प्रतिनिधित्व पाउन नसक्ने भएकाले नै आन्दोलन अपरिहार्य रहेको समेत जिकिर गरे ।
‘विरोधीको गाली आशिषसरी’ : अशोक राई
सोही समारोहमा वरिष्ठ नेता अशोक राईले मधेसी र पहाडी समुदायलाई अलग्याएर वर्तमान राज्यसत्ताले शासन गर्न चाहिरहेको आरोप लगाए । राईले वर्तमान राज्यसत्ताले मधेसी र पहाडीबीच दुश्मनीपूर्ण व्यवहारको विकास गरिरहेको पनि बताए ।
‘मधेसी र पहाडीलाई अलग्याएर रजाइँ गर्ने मनोविज्ञान खतरनाक ढंगले हुर्किरहेको छ,’ उनले वर्तमान प्रधानमन्त्री र सत्तासिन दलहरुतर्फ संकेत गर्दै प्रतिप्रश्न गरे, ‘यसैले मधेसी र पहाडीबीच दुश्मनीपूर्ण व्यवहारको विकास गरेर गर्न खोजेको चाहिँ के ?’
आक्रोशित मुद्रामा प्रस्तुत भएका राईले आफूहरुले तत्कालीन संघीय समाजवादी पार्टीलाई मधेसीको जिम्मा लगाएको नभई विभेद, शोषण र उत्पीडनको विरुद्ध लड्न एकीकरण गरेको जनाए ।
‘उपेन्द्र यादव मधेसी भएकै कारणले नेतृत्व मान्नु हुँदैन भन्ने मानसिकतानै गलत हो,’ उनको स्पष्टोक्ति थियो, ‘योग्य, सक्षम र मुलुक आवश्यक परे जो कोही पार्टी वा देशको नेतृत्वमा जान पाउनुपर्छ ।’
साथै, राईले पार्टी एकीकरणपछि पनि विरोधीले विभिन्न कोणबाट आफूहरुलाई प्रहार गरिरहेकोप्रति सन्तुष्टी जनाए ।
‘कमसेकम हामी पनि विरोधीको चर्चालायक रहेछौं,’ उनले ठट्यौली गरे, ‘विरोधीको गाली आशिषसरी भनेझैं झन्–झन् हामीलाई फाइदै पुगिरहेको छ ।’
हाम्रो संघर्ष जातविशेषविरुद्धको लडाइँ होइन : रकम चेम्जोङ
यसैगरी, सोही कार्यक्रममा संघीय समाजवादीका उपाध्यक्ष रकम चेम्जोङले आफूहरु जातविशेषको विरुद्धमा लडाइँ नलडिरहेको स्पष्टोक्ति दिए । उनले असमावेशी र अधिकारविहीन बनाउने राज्यको नीतिविरुद्धको आफूहरुको लडाइँ भएको जिकिर गरे ।
उनले ठूला भनाउँदा एमाले–कांग्रेसजस्ता पार्टी विचारशुन्यताको स्थितिमा पुगेकाले उनीहरुमा नश्लीय चिन्तन हावी भइरहेको आरोप लगाए ।
‘अहिले एमाले र कांग्रेसजस्ता ठूला पार्टीमा विचार शुन्यता छ,’ चेम्जोङले भने, ‘विचार शुन्यतापछि नश्लवादी सोच विकास हुन्छ, अहिले ती पार्टीहरु यस्तै स्थितिमा छन् ।’
सो समारोहद्वारा दीपेन्द्रकुमार आङ्देम्बेको अध्यक्षतामा ३१ सदस्यीय लिम्बुवान प्रदेश सम्पर्क समितिको नयाँ कार्यसमितिसमेत घोषणा गरेको छ ।

कोई टिप्पणी नहीं: