मंगलवार, 12 अप्रैल 2016

नवलपरासीमा ग्यास बुलेट पल्टियो, एक जनाको मृत्यु

रामकुमार श्रेष्ठ ३० चैत, नवलपरासी । पूर्वपश्चिम लोकमार्ग अन्तरगत दुम्किवास ५ दाउन्नेडाँडाको घिउ खोला नजिक ग्यास बुलेट दुर्घटनामा एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एच आर ५५ एम ८८ ६७ नम्बरको ग्यास बुलेट पल्टिएको हो ।
दुर्घटनामा परी ट्रक चालक भारतको उत्तर प्रदेश निवासी २५ बर्षका नागेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको हो । एक जना घाइते भएका छन् । ग्यास बुलेट सडकमै पल्टिएका कारण केहीबेर सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । 

कोई टिप्पणी नहीं: