स्याङ्जा जिल्ला गण्डकी अञ्चलमा पर्ने यो हाम्रो गाउँ (चन्दी भञ्ज्याङ कारीकोट गाउँ बिकास समिती) २ जिल्ला,पाल्पा अनी गुल्मी सँग सिमा जोडीएको छ। यसलाई स्याङ्जा जिल्लाको पुच्छर पनि भनिन्छ। बिशेष गरी मगर जातिको प्रभुत्व रहेको यो गाउँ बिकास समिती ९ वडा मा बिभाजित छ। यस गाउँ बिकास समितिको सदर्मुकाम कारीकोट हटिया हो। यस गाउँमा १ हाइ स्कुल एक निम्न माध्यमिक, लगायत ५ प्रैमरी स्कुलहरु छन। गाउँ को सिमा आलम देवी, अस्लेवा, ग्वादी, रुरु, अर्गली, बौघा गुम्बा गाउँ बिकास समिती सँग जोडीएको छ।
यस गाउँ बिकास समितीको पछील्लो अध्यक्ष श्री कृष्ण लामिछाने मगर ज्यू हुनुहुन्छ। उहा अझसम्म पनि गाउँको बिकासको लागि आफ्नो अमुल्य जीवन समर्पित गर्दै हुनुहुन्छ। भने गा बि स सचिब आलम्देवी कोटाकोट निवासी श्री नेत्र पाण्डे र सह सचिब केहर कोइराला हुनुहुन्छ। यस गा बी स मा अहिले कच्ची रिङ्ग रोड हालै निर्माण भएका छन। गा बि स लाई काली गण्डकीले घेरे पनि यहाँ पिउने पानीको अभाव यहाँका बासिन्दाहरुले भोग्दै आएका छन। यस गा बि स को घुर्डाँडा, तुङ्कोत, खल्दुवा, कुसुन्दे, प्यूघा,किपट, छिस्दी गाउँमा मगर बस्ती छ। भने खोर्दी, धारादी, रिब्दी, बर्तुङमा भने बाहुन,छेत्री, नेवार र मगर अन्य जन्जाती को बसोबास छ। गह्रौकोटे राजाले राज गरेको यो गाउँ, राणा कालमा आय पछी जिम्माल, मुखियाद्वारा शासित बनेको थियो। जुन समय चौतरे मगर यस गाउँमा पुर्खेउली मुखिया थिए। सन २००७ सालको क्रान्ती पछी २०१७ मा पञ्चायती राज तन्त्र आयो साथै मुखिया प्रचलन पनी समाप्त भयो। यस गाउँमा मगरहरुको पुरानो सांस्कृतिक परम्परा झल्काउने झ्यौरे नाच, नचरी नाच, साथै नेवारहरुको लाखे नाच, अनी दशै पुर्णिमा को दिन कोत घरमा सराइ खेल्ने चलन छ। यस गाउँको हर वडामा १,२ सांस्कृतिक टोलीहरु छन। यो गाउँ सांस्कृतिक परम्परामा धेरै धनी साथै अगाडी छ।
Click this link and watch Our Village : http://goo.gl/maps/gUTN
चन्दी भञ्ज्याङ कारीकोट - ७ को श्री राम जनसेवा सँस्कृतिक परिवार द्वारा आयोजित १२ औ तिज गीत प्रतियोगिता हिजो ४ भाद्र २०६८ जंमास्टमीका दिन साझ ३: ०० बजे बाट सुरु भई ८:३० मा समापन भएको थियो। जस्मा गा बि स का १५ साथै आलम देवी मसार को एक टोली सहीत १६ प्रतियोगी टोलिले भाग लिएको थियो। जस्मा १ प्रतियोगी टोली मन्डली सस्कृतिक परिवार बर्तुङलाई राष्ट्रिय कलाकार समाबेश भयको करण रद्ध गरिएको थियो।
जसमा श्री कालिका नव क्षितिज युवा कलब वडा न : ८ (छिस्दी) प्रथम, साथै श्री नैना देवी सँस्कृतिक परिवार वडा न : ८ ( किपट ) द्वितिय साथै श्री बलकन्या जनजग्रिती युवा कलब वडा न: ३ (खल्दुवा) तिर्तिय स्थान प्राप्त गरेका थिए। जसलाई प्रमुख अतिथी, बिशेष अतिथी साथै सभापति महोदय बाट पुरस्कार हस्तान्तरण गरिएको थियो।
आफ्नो नाच प्रस्तुत गर्दै प्रतियोगी कलाकारहरु
प्रतियोगितामा प्रथम हुने वडा न: ८ (छिस्दी) का कलाकार टोली
प्रतियोगितामा तिर्तिय हुने वडा न: ३(खल्दुवा) का कलाकार टोली
कलाकारहरु आफ्नो कला प्रस्तुत गर्दै
सप्त चन्दी आमा समुहदवारा गरिएको तिज गीत प्रतियोगिता एक भब्य कार्यक्रमको साथमा समापन
रिडी बजार रिडीमा भदौ ११ गते सप्त चन्दी आमा समुहदवारा गरिएको तिज गीत प्रतियोगिता एक भब्य कार्यक्रमको साथमा समापन भएको थियो। जसमा १५ प्रतियोगी टिमले भाग लिएका थिए। जुन कार्यक्रम रिडीको खेल मैदनमा अपरान्ह ४ बजेबाट सुरु भै साझ ८ बजे समापन गरिएको थियो। जुन प्रतियोगीतामा प्रथम चन्दी भन्ज्याङ कारीकोट गा बि स-३ (स्याङ्जा) खल्दुवाका आमा समुह भएका थिए। भने दुतिय स्थानमा (पाल्पा) भैरब स्थानका आमा समुह र ठुलो लुम्पेक गाबिस (गुल्मी)क्रमस तिर्तिय स्थानमा छनौट भएका थिए। साथै सन्तोनामा चन्दी भन्ज्याङ कारीकोट -८ (छिस्दी) परेका थिए।
जुन कार्यक्रममा रोचक जनबादी गीतलाई ध्यानमा राखेर जजहरुले सहि निर्णय लियका थिए। कार्यक्रमको सुरुवतमै रिडी बजारकै एक नौजवान दवारा मन्च एरियामै हङ्गमा मच्चाउन थालिए पनि त्याहाका हालका बुद्धी जिवी नौजवान द्वारा स्थितिलाई करीब आधा घण्टा पछी साम्य पारीएको थियो।
प्रतियोगितामा दुतिय हुने भैरब स्थान (पाल्पा)का कलाकारहरुको नाच
प्रतियोगितामा तिर्तिय हुने ठुलो लुम्पेकका कलाकारहरुको नाच
प्रतियोगितामा सान्तोना पाउने आमा समुह छिस्दी स्याङ्जाका कलाकारहरुको नाच
प्रतियोगितामा रिडी उच्च मा बि का कलाकारहरुको नाच
हालै निर्माण गरिएको खानेपानी टंकी खोल्टे पढेरा को द्र्स्य
चन्दी भञ्ज्याङ गा बि स अन्तर्गत वडा नम्बर ८ को किपटमा हालै निर्माण गरिएको खानेपानी टंकी खोल्टेपढेरा... जस मार्फत २७ कुरिया घरलाई पिउन,नुहौन साथै कपडा धुनको लागि बिशेष सहयोग पुराउने छ।स्थानिय श्री सोभिलाल चौतरेको बिशेष पहलमा फिङ्ल्यान्द तथा नेपाल सरकारको सहयोग साथै जन सहयोगबाट यो खाने पानी टन्कीको निर्माण बिक्रम सम्बत २०६७ फाल्गुन ०३ गतेमा भएको थियो।
हरितालिका तिजको अन्तिम दिन मानिने पञ्चमीको दिन
चन्दी भञ्ज्याङ कारीकोट - ८ किपटका दिदी बहिनीहरु दवारा गरिएको कार्यक्रम को एक झलक
तिमीलाई कुनै पल नभेटुम यो मन डराउछ ।।
Kasle Choryo mero man